शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रहरी गाउँले झडप, महिला प्रहरीको अवस्था गम्भीर



आईतवार ६ , चैत्र २०७८

आफ्नै विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका स्थानीयबासी र प्रहरीबीचको झडपले मोरङको लेटाङ तनावग्रस्त बनेको छ। 

आइतबार दिउँसैदेखि तनावग्रस्त बनेको लेटाङ–५ को खेरूवा क्षेत्रमा अहिले साँझ गाउँले र प्रहरीबीच झडप भएको छ  

छुरा प्रहारबाट गम्भीर घाइते ती महिला प्रहरीको विराटनगरमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ। 

लेटाङ ५ का वडाध्यक्ष भीम सूर्य मगरले दिएको जानकारी अनुसार स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र गाउँले बिहानैदेखि प्रदर्शनमा ओर्लिएका थिए। 

दिउँसो एक बजेतिर ती शिक्षकलाई पक्राउ गर्न गाउँ पुगेको प्रहरी टोलीले शिक्षकलाई नियन्त्रणमा लियो । तर, प्रहरीले आरोपित शिक्षकलाई बचाउन लगेको भन्दै गाउँलेले अवरोध गरे । 

साँझ पाँच बजेसम्म पनि गाउँलेले प्रहरीलाई ती शिक्षक लिएर जान दिएनन्। साँझमा झडप नै हुँदा प्रहरी र गाउँले घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् ।

Featured News

Advertisement