हस्पिटलको लापारवाहीले इटहरी २ बरगाछीका साढे ३ बर्षीय सन्देश शाहको मृत्यु भएको भन्दै परीवारले आरोप लगाएर सडकमै शव राखेर बिहिवार बिहानै देखि अबेर साझसम्म विरोध प्रदर्शन गरेका थिए ।

दिनभर हस्पिटल परीसरमा मात्र तोडफोड गरेका मृतकका परीवारले साझ परेसगै सवारी साधनहरुमा समेत तोफोड समेत गरेका थिए ।

हस्पिटल र मृतक परीवार बिच दिनभर पटक पटकको बार्ता प्रयास भएपनि सहमती भएको थिएन ।

अस्पतालका अध्यक्ष राजेन्द्र पोख्रेलका अनुसार अबेर साझ विभिन्न राजनितीक दल र नागरीक समाजका प्रतिनिधीहरुको रहोबरमा मृतक परीवारलाई ५ लाख रुपैया दिने सहमती भएको छ ।

परिवारले पोस्टमार्टम गर्न मानेन हामिले त पोस्टमार्टम गरौ र पोर्टमार्टम गरेर निस्किएको रिपोर्टमा हाम्रो गल्ति भएको देखाएमा कर्वाही भोग्न तयार छौ भन्दा मानेन् दिनभरी अस्पतालमा तोडफोड गरेर क्षति पुर्याएको र साझ अन्य सवारी साधनहरुमा समेत तोडफोड गर्न थालेपछि थप क्षति नहोस् भन्ने हेतुले हामीले सहमती गरेका हौ , अध्यक्ष पोख्रेलले सञ्चारपाटी सगँको फोन सम्पर्कमा भने ।

हस्पिटलले ओभरडोज सुई लगाएकाले आफ्नो छोराको मृत्यु भएको भन्दै बिहिबार दिनभर मृतकका परीवारले प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा आक्रोशीत भिडले हस्पिटलमा तोडफोड गरेका थिए । तोडफोड संगै भिडलाइ नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी जवान जिवन सरदार घाइते भएका छन् ।

सरदारको टाउकोमा चोट पुगेको र स्थानीय अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

"/>
सोमबार १, असार २०८३ Mon,15 Jun 2026

सर्वाधिकार सुरक्षित

इटहरीको एपेक्स हस्पिटल र मृतक शाह परीवार बिच जुट्यो सहमती

शुक्रबार ४ , चैत्र २०७८

इटहरी / इटहरीमा रहेको एपेक्स हस्पिटल मृतक शाहको परीवार बिच सहमती भएपछि प्रदर्शन रोकीएको छ ।

हस्पिटलको लापारवाहीले इटहरी २ बरगाछीका साढे ३ बर्षीय सन्देश शाहको मृत्यु भएको भन्दै परीवारले आरोप लगाएर सडकमै शव राखेर बिहिवार बिहानै देखि अबेर साझसम्म विरोध प्रदर्शन गरेका थिए ।

दिनभर हस्पिटल परीसरमा मात्र तोडफोड गरेका मृतकका परीवारले साझ परेसगै सवारी साधनहरुमा समेत तोफोड समेत गरेका थिए ।

हस्पिटल र मृतक परीवार बिच दिनभर पटक पटकको बार्ता प्रयास भएपनि सहमती भएको थिएन ।

अस्पतालका अध्यक्ष राजेन्द्र पोख्रेलका अनुसार अबेर साझ विभिन्न राजनितीक दल र नागरीक समाजका प्रतिनिधीहरुको रहोबरमा मृतक परीवारलाई ५ लाख रुपैया दिने सहमती भएको छ ।

परिवारले पोस्टमार्टम गर्न मानेन हामिले त पोस्टमार्टम गरौ र पोर्टमार्टम गरेर निस्किएको रिपोर्टमा हाम्रो गल्ति भएको देखाएमा कर्वाही भोग्न तयार छौ भन्दा मानेन् दिनभरी अस्पतालमा तोडफोड गरेर क्षति पुर्याएको र साझ अन्य सवारी साधनहरुमा समेत तोडफोड गर्न थालेपछि थप क्षति नहोस् भन्ने हेतुले हामीले सहमती गरेका हौ , अध्यक्ष पोख्रेलले सञ्चारपाटी सगँको फोन सम्पर्कमा भने ।

हस्पिटलले ओभरडोज सुई लगाएकाले आफ्नो छोराको मृत्यु भएको भन्दै बिहिबार दिनभर मृतकका परीवारले प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा आक्रोशीत भिडले हस्पिटलमा तोडफोड गरेका थिए । तोडफोड संगै भिडलाइ नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी जवान जिवन सरदार घाइते भएका छन् ।

सरदारको टाउकोमा चोट पुगेको र स्थानीय अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Featured News

Advertisement