शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

धरानमा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन



शुक्रबार २७ , फाल्गुन २०७८

धरान / धरान उपमहानगरपालिकाको वडा नं. १५ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएकाे छ । ६३ लाखको लागतमा बनेको उक्त भवनकाे संघिय सांसद जयकुमार राई तथा धरानका मेयर तिलक राईले संयुक्त रुपमा उद्घाटन भएको हो ।

सांसद राईले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल र प्रत्येक वार्डहरुमा स्वास्थ्य सेवा केन्द्र विस्तार गर्ने निति अनरुप नै यो भवन निर्माण भएको बताएका छन् । उनले स्वास्थ्य भन्दा ठूलो कुरा अरु केही हुन नसक्ने तथा धरानमा सबै भन्दा धेरै जनसङख्या भएको यस वडामा वडाबासीहरुलाई लक्षित गरेर बनाइएको स्वास्थ्य भवनमा उपलब्ध हुने सेवा छिटो र छरितो पनि बनाउन जरुरी रहेकाे बताए ।

मेयर राईका अनुसार एक वडामा एक आधारभुत स्वास्थ्य सेवा निर्माण गर्ने कार्यक्रम अन्तर्गत धरानको २० वटा वडामध्ये ९ वटा वडामा स्वास्थ्य सेवा केन्द्र भवन निर्माणको काम चलिरहेको छ । तिमध्ये केही वडाहरुमा निर्माणको काम सम्पन्न भईसकेको छ, भने केही वडाहरुमा ठेकेदारको कमिकमजोरीका कारणले ढिलासुस्ती भएको छ । हामीले बारम्बार भवन निर्माणको काम चाँडै सक्न पनि ठेकेदारलाई दबाब दिईरहेका पनि छौ मेयर राईले भने ।

संघियता कार्यान्वयन सँगसँगै मुलुकका सबै क्षेत्रहरुमा नागरिकलाई केन्द्रीत गरेर हरेक गतिविधि तथा योजनाहरु अगाडी बढ्ने गरको छ । स्वास्थ्यकर्मीहरुलाई जनताको सेवा सुविधाका निम्ति दत्तचित्त भएर लाग्न आग्रह गर्दै मेयर राईले वडाबासीलाई आफ्नै स्वास्थ्य सेवा केन्द्रबाट सेवा लिन पनि आग्रह गरे ।

यस्तै उपमेयर मञ्जु भण्डारीले २५ हजार भन्दा बढी जनसंख्या रहेको १५ नं. वडामा स्वास्थ्य सेवा केन्द्र भवन निर्माण गर्न सफल बताउँदै भनिन् धरानको ८ वटा वार्डहरुमा स्वास्थ्य सेवा केन्द्र भवनको शुभारम्भ भइसकेको छ । आफ्नै कार्यकालमा भवन सुरु गरेर आफ्नै कार्यकालमा भवन उद्घाटन गर्न पाउँदा यो गर्वको विषय बनेको छ ।

वडाध्यक्ष नरेश ईवारमले ७६ साल मंसिर १४ गतेको निर्वाचन भएपछि मेयर तिलक राई निर्वाचित भएरआए पश्चात उपमहानगरपालिकामा संघिय बजेट आएपछि स्वास्थ्य सेवा केन्द्र भवन निर्माणको कार्य अगाडी बढेर भवन निर्माण सम्पन्न भएको हो ।

 

Featured News

Advertisement