प्रदेश नं १ सरकारले दुई विधेयक प्रेदशसभामा लैजाने निर्णय
शुक्रबार
२७ ,
फाल्गुन
२०७८
Tamor Khabar
477
विराटनगर / प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ तथा ३ संशोधन गर्ने र प्रदेश सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयक–२०७८ प्रदेशसभाको बैठकमा लैजाने निर्णय गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।








