शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

धरानमा आगलागी हुँदा३० लाख बढीको क्षती



बिहीबार ५ , फाल्गुन २०७८

धरान / धरान ११ स्थित सुनौलो मार्गमा बिहिबार राती विद्युत सर्ट हुँदा एक घरमा आगलागी भएको छ । करिब पौने ८ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । घरधनी शान्ति तामाङसहित सबै छिमेकीको बिहेमा गएको बेला घरमा आगलागी भएको हो

काठले बनेको टिनको छानो भएको एक तला घर आगलागीले पुर्णरुपमा नष्ट भएको छ । लत्ता कपडा, अन्य, गरगहना गरी ३० लाख बढीको क्षती भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरानको २ वटा दमकलका साथमा नगर प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो ४० मिनेटमा नियन्त्रणमा लिएको थियो ।

Featured News

Advertisement