शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

जनकपुरधामबाट अब पोखराको लागि उडान हुने



मंगलवार ३ , फाल्गुन २०७८

आगामी मार्च १ देखि जनकपुरधामबाट पोखराको सिधा उडान हुने भएको छ ।

बुद्ध एयरले जनकपुरधाम र धनगढीबाट पोखराका लागि उडान भर्ने जनाएको छ ।

शुरूमा सातामा ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरका कम्युनिकेशन अधिकृत दीपेन्द्र कर्णले जानकारी दिए ।

साताको ३ दिन सोमबार, बिहिबार र शनिबार जनकपुरधाम र पोखरा उडान हुने र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबार हुने कर्णले भने ।

 

Featured News

Advertisement