युवतीको हत्या गरेर फरार पुरूष २० वर्षपछि पक्राउ
बिहीबार
२९ ,
पुष
२०७८
Tamor Khabar
456
युवतीको हत्या गर्ने एक पुरूषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ। सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो।
मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए।








