धरानमा ओपन गल्फ प्रतियोगिता आजबाट सुरु
बुधबार
११ ,
चैत्र
२०७७
Tamor Khabar
343
धरान / सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरानमा ओपन गल्फ प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।
धरान उपमहानगरपालिकाको प्रायोजनमा हुने प्रतियोगिता धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुनेछ ।
दुई दिने प्रतियोगिता ५४ होलको स्ट्रोक प्ले फर्म्याटमा हुनेछ । प्रतियोगितामा ३२ व्यवसायिक खेलाडीको सहभागिता रहनेछ ।
विजेताले ९० हजार पाउने छन् । यस्तै उपविजेताले ५५ हजार, तेस्रोले ४१ हजार र अन्य शीर्ष २१ मा रहने खेलाडीले समेत पुरस्कार पाउने छन् ।








