शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

सिसा ‘अनलोड’ गर्ने क्रममा एकजना मजदुरको मृत्यु



मंगलवार ९ , कार्तिक २०७८

वीरगञ्जमा ट्रकबाट सिसा अनलोड गर्ने क्रममा एकजना मजदुरको मृत्यु भएको छ ।सिसा ‘अनलोड’ गर्ने क्रममा च्यापिन पुग्दा वीरगञ्ज–१५ बरवाटोल बस्ने ३८ वर्षीय सुरेन्द्र साहको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

एचआर ५८ ए ३७७१ नम्बरको ट्रकबाट सिसा झार्ने क्रममा उनलाई च्यापेको थियो । सिसाले च्यापेर घाइते भएपछि उनलाई उपचारको लागि तराई अस्पताल वीरगञ्ज लगिएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको थियो । शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्रकका चालक, सह–चालक र धनी फरार छन् ।

Featured News

Advertisement