शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रदेशका आठवटै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि : मुख्यमन्त्री राउत



शनिबार ६ , कार्तिक २०७८

 

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताउनुभएको छ । ढल्केवरमा जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले प्रदेशको भू–बनोट, विद्युतीय सुविधा र उत्पादित सामानलाई बजारसम्म ढुवानी गर्न सजिलो हुनाले उद्योगका लागि उर्वरभूमि भएको प्रष्ट पार्नुभयो । मुख्यमन्त्री राउतले प्रदेश सरकारले उद्योगीलाई सहयोग हुने गरी ऐन कानुन निर्माण गर्नेदेखि आवश्यक पर्ने वातावरण तयार गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने खालका उद्योग कलकारखाना स्थापना गर्न उद्योगीलाई आग्रह गर्दै उहाँले अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश सरकारले योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशमा अटोमोबाइल एसेम्बलिङ उद्योग स्थापना गर्न आग्रह गर्दै प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेकाले उद्योग सञ्चालन गर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “तपाईँहरु उद्योग सञ्चालनको तयारी थाल्नुहोस्, वातावरण निर्माण गर्ने जिम्मा हाम्रो छ, थप ऐन कानुन चाहिए सुझाव दिनुहोस्, हामी ल्याउँछाँै ।” मुलुकको आर्थिक समृद्धि एव रोजगारीका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अटोमोबाइल क्षेत्रप्रति केन्द्रीय सरकारको धारणा सकारात्मक नहुनु दुःखद् रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारका तर्फबाट हुनसक्ने सम्पूर्ण वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । बिलासिताभन्दा पनि उपयोग वस्तुका रूपमा परिणत हुँदै गएको अटोमोबाइल क्षेत्रको भविष्य उज्ज्वल रहेको र मुलुकको आर्थिक समृद्धिमा नाडाले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँले भनाइ छ । उहाँले लगानीकर्तालाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण बनाउन नसक्नु राज्यका लागि दुर्भाग्यको कुरा रहेको जनाउँदै उहाँले भन्नुभयो, “ऐन, नियम तथा कानुन बनाउँदा उद्योेगी व्यवसायीसँग राय तथा सल्लाह सुझाव लिनुपर्ने प्रदेशभित्र लगानीमैत्री वातावरण बनाएर निजी क्षेत्रलाई आकर्षित गर्ने गर्छौँ ।” नाडा अटोमोबाइल्स एशोसिएशन नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले हाल नेपालमा केही मोटरसाइकल एसम्बलिङ उद्योगले उत्पादन गरिरहेको जानकारी दिनुभयो । सरकारले ल्याएका नीतिले निरन्तरता पाएमा नेपालमा अटोमोबाइल्स उद्योग फस्टाउँदै जानेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालमा खपतको आधा लुब्रिकेण्टस (मोबिल) नेपालमै उत्पादन भइरहेको जानकारी दिँदै अध्यक्ष दुलालले सरकारले यसलाई थप प्रोत्साहन गर्ने हो भने उत्पादन बढाएर विदेश निर्यात गर्न सकिने धारणा राख्नुभयो । मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले पछिल्लो समय यातायात क्षेत्रको विकास तीव्रगतिमा भइरहेको जनाउँदै यातायात क्षेत्रको विकाससँगै सडक पूर्वाधारको पनि विकास आवश्यक रहेको बताउनुभयो । प्रदेश नं २ मा अटोमोबाइल क्षेत्रको सम्भावना राम्रो रहेको जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष तेजनारायण साहले बताउनुभयो । जानकी अटोमोबाइल्समा पुनः साह जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालको अध्यक्षमा पुनः तेजनारायण साह निर्वाचित हुनुभएको छ । साह यस अगाडि तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो । आज आयोजित प्रथम साधारणसभाले साहको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा केदार अग्रवाल, महासचिवमा किशोर भट्टराई, कोषाध्यक्षमा सञ्जितराज श्रेष्ठ र सचिवमा सुनिलकुमार सिंह चयन हुनुभएको छ । सदस्यमा बजरङ्ग यादव, सुरेन्द्र साह, प्रदीप साह र चन्द्रशेखर अग्रवाल रहनुभएको छ । निर्वाचित भइसकेपछि प्रदेश नं २ को अटोमोबाइल क्षेत्रको विकास तथा व्यावसायिक हकहितका क्षेत्रमा आफूले काम गर्ने नवनिर्वाचित अध्यक्ष साहले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Featured News

Advertisement