शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

बाढीपहिरोमा ज्यान गुमाएकाका परिवारलाई प्रदेश १ सरकारले एक लाख दिने



बुधबार ३ , कार्तिक २०७८

बाढीपहिराेमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश १ सरकारले प्रतिव्यक्ति र एक लाख रुपैयाँ दिने निर्णय गरेकाे छ । मुख्यमन्त्री भीम आचार्य अध्यक्षता बुधबार बसेको प्रदेश दैवी प्रकाेप उद्धार समितिकाे बैठकले राहत रकम दिने निर्णय गरेको हो ।

पूर्ण रूपमा बाढी पहिराेले घरमा क्षति पुर्‍याएको परिवारलाई घर बनाउन भूकम्पमा क्षति भए सरह रु. ३ लाख राहत उपलब्द गराउने निर्णय भएकाे मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । आचार्यले विराटनगरकाे हवाई सेवा सञ्चालन गर्न, दुहबीमा बिद्युत सबस्टेसनमा भएकाे समसस्या तत्काल समाधान गर्न, बाढीपहिराेमा फसेकालाई उद्धार, सहयाेग गर्न तथा  प्रदेशभरि भएकाे क्षतिकाे विवरण संकलन गर्न माताहतका विभागहरूलाई निर्देशन दिएका छन् ।

स्थानीय तहहरूसँग समन्वय गरी भएका सबै अवराेधहरू हटाउन सरकारका सबै संयन्त्र परिचालित हुनसमेत निर्देशन दिएको र पाकेकाे धानबालीमा भएकाे क्षतिकाे विवरण संकलन गरी कृषकका लागि राहत प्याकेज ल्याउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएका छन् ।

बैठकमा विभिन्न विभागका प्रमुखहरूले बाढीपहिराेकाे क्षतिबारे रिपाेटिङ गरेका थिए । बुधबार साँझसम्म प्रदेश १ मा ४९ जनाकाे ज्यान गएकाे छ । ४९हजार ९४४ हेक्टर जमिनमा लगाएकाे धान बालीमा क्षति पुगेकाे छ ।

Featured News

Advertisement