शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

पाँचथरको मिक्लाजुङ गाँउपालिकामा बाढी पहिरोकाे कारण २१ जनाको मृत्यु , ३ जना बेपत्ता



बुधबार ३ , कार्तिक २०७८

पाँचथरको मिक्लाजुङ गाँउपालिकामा बाढी पहिरोकाे कारण २१ जनाको मृत्यु , ३ जना बेपत्ता भएका छन्। गाउँपालिका अध्यक्ष अमर माखिमका अनुसार विभिन्न गाँउमा गएको पहिरोले बगाउँदा २१ जनाको मृत्यु भएको हो। २४ जनामा मध्ये २१ जनाको शव भेटिएको छ। अविरल वर्षाका कारण पहिरो जदा मिक्लाजुङमा ठुलो क्षती हुन पुगेको छ।

उनका अनुसार मिक्लाजुङ-५ मा १५ जनाको मृत्यु २ बेपत्ता, १ मा २, वार्ड २ मा २ जना, ४ मा १ जना बेपत्ता भएका छन्। यस्तै ७ मा २ जनाको मृत्यु भएको अध्यक्ष माखिमले जानकारी दिए। मिक्लाजु-५ को कुरुम्बामा एकैठाँउ ११ जनाको मृत्यु भएको छ।

यस्तै फिदिम-४ मा दुई जना, फाल्गुनन्द गाँउपालीकामा-३ जना र कुम्मायमा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको छ।

टेलिफोन अवरुद्ध हुँदा विभिन्न ठाँउमा भएको मृत्यु र क्षतीको घटना जानकारीमा आउन सकेको छैन। जिल्लाका विभिन्न ठाँउमा दजर्नौ परिवार विस्तापित भएका छन्। मेची राजमार्ग लगायतका सडक पनि अवरुद्ध छन्।

Featured News

Advertisement