शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

मुगुमा दुर्घटनाबाट भएको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त



बुधबार २७ , आश्विन २०७८

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरका साथै कास्की, अछामलगायतका स्थानमा भएको दुर्घटनाले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले विज्ञप्ति प्रकाशन गरी भन्नुभएको छ, “दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।” साथै उहाँले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । अध्यक्ष प्रचण्डले दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गर्नुभएको छ । नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटना बढ्दै गइरहेको भन्दै उहाँले दुर्घटना न्यूनीकरण गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

Featured News

Advertisement