शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

जनताको काममा ढिलासुस्ती नगर्न श्रममन्त्री श्रेष्ठको निर्देशन



आईतवार २४ , आश्विन २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको काममा ढिलासुस्ती नगर्न तनहुँका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रीमा नियुक्त भएर गृहजिल्ला आएको अवसरमा जिल्ला समन्वय समितिमा आज आयोजित कार्यालय प्रमुखसँगको बैठकमा श्रेष्ठले सेवाग्राहीलाई सरल तरिकाले सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएको हो । कर्मचारी भनेको स्थायी सरकार भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “लोकतन्त्रका लागि सुशासन पहिलो प्राथमिकता हो, कार्यालयले प्रवाह गर्ने सेवा सुशासनमुखी हुनुपर्छ ।” मन्त्री श्रेष्ठले सरकारी कार्यालयमा ढिलासुस्ती नगर्न कार्यालय प्रमुखको ध्यानाकर्षण गराउनुभयो । “निर्धक्क भई आफ्नो काम, कर्तव्य पूरा गर्नुहोस्, कसैको दबाबमा काम नगर्न र आफू पनि लज्जित हुने काम नगरी कुनै राजनीति नगर्न निर्देशन दिन्छु”, मन्त्री श्रेष्ठले भन्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको शान्ति सुरक्षा र समग्र वस्तुस्थितिका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो । सो क्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखको सहभागिता थियो ।

Featured News

Advertisement