एमालेको विधान महाधिवेशन : अध्यक्ष ओलीले आज जवाफ दिने
आईतवार
१७ ,
आश्विन
२०७८
Tamor Khabar
289
१७ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने भएका छन् । यसैगरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पनि विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् ।
असोज १५ गतेदेखि सुरु विधान महाधिवेशन आज सक्ने तयारी छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेको नेकपा एमालेले जनाएको छ ।
नेकपा एमालेलाई अझै सशक्त बनाउनु पर्ने र केन्द्रमा पदाधिकारीहरुको संख्या बढाउनुपर्ने लगायतका सुझाव आएका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।








