शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

एमाले विधान महाधिवेशनमा पत्रकारलाई पनि प्रवेश अनुमति



आईतवार १७ , आश्विन २०७८

१७ असोज, काठमाडौं । विधान महाधिवेशनको हलमा आज पत्रकारहरुलाई पनि प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ११ बजेदेखि पत्रकारहरुलाई पनि महाधिवेशन हलमा प्रवेश दिइने जानकारी दिएका हुन् । 

विधान महाधिवेशन प्रतिनिधिको रुपमा एमाले निकट पत्रकारहरु शुरुदेखि नै सहभागी छन् ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने छन् । यसैगरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् ।

असोज १५ गतेदेखि सुरु विधान महाधिवेशन आज सक्ने तयारी छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी छन् ।

Featured News

Advertisement