भन्सार छली गरी ल्याएको खुद्रा सामानसहित ट्रक नियन्त्रणमा
शुक्रबार
१५ ,
आश्विन
२०७८
Tamor Khabar
264
१५ असोज, पर्सा । प्रहरीले भन्सार छली गरी ल्याएको खुद्रा सामानहरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।vवीरगञ्जबाट मकवानपुरतर्फ लाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार वीरगञ्ज महानगरपालिका-१४ स्थित गण्डकचोक चेकजाँच गर्नेक्रममा ०३-००१ ख.०३३० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको हो । ट्रक चलाक भने फरार रहेका छन् भने उक्त ट्रकलाई मालसमानसहित नियन्त्रणमा लिइ ३० लाख बराबरको मुल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








