आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

उत्तर कोरियाली नेता किमले बहिनीलाई महत्वपूर्ण पदमा बढुवा गरे



बिहीबार १४ , आश्विन २०७८

१४ असोज, काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई देशकै महत्वपूर्ण निकायको सदस्य बनाएका छन् । जोङलाई राष्ट्रिय मामिला परिषद (स्टेट अफेयर्स काउन्सिल) को सदस्य बनाइएको उत्तर कोरियाको सरकारी समाचारमाध्यम केसिएनएले जनाएको हो । उक्त परिषद उत्तर कोरियाको सर्वोंच्च निर्णय-निर्माण निकाय हो र नेता किमले यसको नेतृत्व गर्दै आएका छन् । 

यसअघि नै देशको महत्वपूर्ण राजनीतिक व्यक्तित्व बनिसकेकी जोङ आफ्ना दाजु एवं सर्वोच्च नेता किमकी प्रमुख सल्लाहकार समेत हुन् । तर राष्ट्रिय मामिला परिषदको सदस्य पद उनले हालसम्म सम्हालेको सबैभन्दा ठूलो पद हो ।

समाचारअनुसार जोङसँगै अन्य ७ जनालाई समेत परिषदको सदस्य बनाइएको छ । परिषद्मा भएको हेरफेरपछि नयाँ सदस्य बन्नेमा उनी एकमात्रै महिला हुन् ।
नेता उनले व्यवस्थापिकालाई दक्षिण कोरियासँग बन्द भएको सञ्चार-सम्पर्क लाइन पुन: सुचारु गर्ने बताएको एकदिनपछि नै जोङलाई महत्वपूर्ण अंगको सदस्य बनाइएको छ ।

दक्षिण कोरियामा भएको हिउँदो ओलम्पिक सहभागी भएकी, दक्षिणका राष्ट्रपति मुनसँग वार्ता गर्न दाईलाई सघाएकी र ट्रम्पसँगको वार्तामा समेत भूमिका खेलेकी हुनाले उनको बढुवालाई महत्वका साथ हेरिएको छ ।

दुबै मुलुकले एकअर्काका गतिविधि वा मनसायलाई अपव्याख्या वा अवमूल्यन गर्दा हुने सैन्य टकरावलाई रोक्न सक्ने भएकाले आपसी सञ्चार सम्पर्कलाई महत्वपूर्ण मानिन्छ । सञ्चार सम्पर्क पुन:स्थापित गर्ने किमको घोषणालगत्तै दक्षिण कोरियाले समेत अन्तरकोरियाली सञ्चार ‘सुचारु एवं स्थिर व्यवस्थापन’का लागि तयारी गर्ने बताइसकेको छ ।

गत वर्षको जुनमा उत्तर कोरियाले सञ्चार-सम्पर्क लाइन (communication lines) विच्छेद गरेको थियो । तर यसै वर्षको जुलाईमा पुन: सुचारु भएपनि लगत्तै अगस्टमा बन्द गरिएको थियो ।

जोङ नेता किमको सबैभन्दा शक्तिशाली र विश्वासिलो सहयोगी हुन् । गत गर्ष दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिसले उनी ‘सेकेण्ड इन कमाण्ड’ भनेर व्याख्या गरेको छ । तर उनको आधिकारिक हैसियत सँधै अस्पष्ट रहँदै आएको छ ।

Featured News

Advertisement