"/>
शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

कोरोनाको दोस्रो लहरको आशंका, कडाई गर्ने स्वास्थ्य मन्त्रालयको तयारी



आईतवार ८ , चैत्र २०७७

 पछिल्लो समय छिमेकी देशमा कोरोना भाइरस संक्रमण दर बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले आइतबार प्रेस ब्रिफिङ मार्फत छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले स्वास्थ्यका मापदण्डको पालना गराउन विभिन्न निकायहरुसँग समन्वय गर्ने तयारी थालेको जानकारी गराएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्तिमार्फत  सतर्कता अपनाउन अनुरोध गर्दै सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका छन् ।

सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन्।

Featured News

Advertisement