आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह



बुधबार १३ , आश्विन २०७८

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने उनको तर्क छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अघि बढ्न आफूले आग्रह गरेको बताए ।  ‘शेरबहादुरजी नै किन नहोस्, रामचन्द्र पौडेलजीलगायत अरु सिनियर लिडरहरु सबैलाई हाम्रो सम्मान छ । तर समय त आएजस्तो छ । उहाँहरुले अर्को लिएर लिडरसिपलाई नेतृत्व सुम्पने समय आएको कारणले तपाईंहरुले सोच्नु प¥यो भनेर मैले चाहिं जोड दिइरहेको छु,’ उनले भने, ‘जनताले विश्वासको मत समेत नदिने भएकाले आगामी १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन गरेर कांग्रेसलाई संस्थागत ढंगले अघि बढाउनुपर्ने हुन्छ ।’ नेता सिंहले जिल्लाका कार्यकर्ताहरुले पार्टीको नेतृत्व लिन आफूलाई दबाब दिइरहेको दाबी समेत गरे । पार्टीको आसन्न महाधिवेशनमा विवेकको मत दिएर पार्टीको नेतृत्व चयन गर्न पनि महाधिवेशन प्रतिनिधिहरुलाई ध्यान दिन उनले आग्रह गरे ।

Featured News

Advertisement