आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

मनास्लु हिमाल चढ्दा क्यानडाका आरोहीको मृत्यु



बुधबार १३ , आश्विन २०७८

१३ असोज, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ स्थित मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । ३७ बर्षका क्यानडियन नागरिक ब्रेन्ट सिलको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । मनास्लु हिमालको चौथो बेसक्याम्प भन्दा अन्दाजी एक सय मिटर माथिको उचाइमा पुगेका बेला उनी अचानक बेहोस भएर ढलेका थिए । ‘बेहोस भएपछि हिमाल आरोहण आयोजक ट्याग नेपाल ट्रेक्स कम्पनीका शंकर कुमार गुरुङले हामीलाई खवर गरे,’ डीएसपी प्रकाश दाहालले भने, ‘सामागाउँ प्रहरी चौकीको टोली पुग्दा उक्त नागरिकको मृत्यु भइसकेको रहेछ ।’ 

उनको शवलाई स्थानीय वासिन्दाको सहयोगमा कैलाश एयरको हेलिकप्टर मार्फत बुधबार काठमाडौंको शिक्षण अस्पताल लगिएको छ ।

उनी स्नो होराइजन कम्पनीबाट स्वीकृति लिएर उनी हिमाल चढ्न गएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured News

Advertisement