आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

रेसुङ्गा र मदाने क्षेत्रमा ३०० भन्दा धेरै प्रजातिका चरा



बुधबार १३ , आश्विन २०७८

१३ असोज, तम्घास । गुल्मी जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा तीन सय भन्दा बढी प्रजातिका चराहरु फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले जनाएको छ । नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरुमध्ये रेसुङ्गा र मदाने क्षेत्रमा ३५ प्रतिशत चराहरु रहेको बताए ।  रेसुङ्गा र मदाने क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर पनि यी क्षेत्रमा पाइन्छ । रेसुङ्गा र मदाने क्षेत्रमा पाइने चराहरुको जानकारी समेटिएको पुस्तक जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले सदरमुकाम तम्घासमा सार्वजनिक गरे । पुस्तक विमोचन कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत पन्थीले बासस्थानमा परिवर्तन, विद्युतीकरण, चोरी शिकारी, डढेलो, बिजुलीका पोल, बढ्दो रासायनिक पदार्थको प्रयोग र दूरसञ्चार आवृत्ति चरा संरक्षणमा चुनौती रहेको बताए । पुस्तक विमोचन कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरुले पंक्षी संरक्षण संघ गुल्मीले चरा सम्बन्धी अध्ययन गरेपनि संरक्षणको आवश्यकता रहेको बताएका थिए । 

Featured News

Advertisement