आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

कांग्रेस प्रवेश गरे कन्हैया कुमार



मंगलवार १२ , आश्विन २०७८

१२ असोज, काठमाडौं । भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार आधिकारिकरुपमा कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार उनी आधिकारिकरुपमा कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस पार्टीमा प्रवेश गरेसँगै कन्हैया कुमारले भने, ‘म कांग्रेस पार्टीमा किन प्रवेश गरिरहेको छु भने मलाई यो देशमा केही सत्तामा रहेका मानिसले मुलुकको भविष्य बिगार्ने प्रयास गरिरहेका छन् भन्ने महसुस भएको छ ।’ कांग्रेसका केसी वेणुगोपाल र रणदीप सिंह सुरजेवालाको उपस्थितिमा कन्हैया कुमार र जिग्नेश मेवाणि कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।  हालै मात्र कन्हैया कुमारले कांग्रेस पार्टीका नेता राहुल गान्धीसँग भेटवार्ता गरेका थिए । यससँगै उनी पार्टीमा प्रवेश हुन सक्ने अनुमान गरिएको थियो । कन्हैया कुमार कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारका सदस्य थिए । सन् २०१९ को लोकसभामा उनी बेगूसरायबाट निर्वाचन लडेका थिए । तर, भाजपाका उम्मेदवारसँग ठूलो अन्तरले पराजित भएका थिए । लोकसभा निर्वाचनमा जिग्नेश मेवाणीले पनि बिहारमा कन्हैया कुमारको समर्थनमा प्रचार गरेका थिए । एक साताअघि नै मंगलबार कन्हैया कुमार कांग्रेस पार्टीमा प्रवेश गर्ने समाचार सार्वजनिक भएको थियो । कम्युनिष्ट पार्टीले उनलाई कांग्रेस प्रवेश गर्नबाट रोक्ने प्रयास गरे पनि उनी भने सहमत नभएका हुन् ।

Featured News

Advertisement