आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

अध्ययन समितिको प्रतिवेदन : हुम्लामा नेपाल-चीन सीमामा समस्या छ



आईतवार १० , आश्विन २०७८

१० असोज, काठमाडौं । सरकारी अध्ययन टोलीले हुम्लाको नेपाल-चीन सीमामा समस्या रहेको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएको छ । साथै संयुक्त निरीक्षण समूह वा विज्ञ समूहमार्फत समाधान खोज्न पनि बुझाएको छ ।सरकारले १६ भदौमा नाम्खा गाउँपालिकाको लिमी लाप्सादेखि हिल्लासम्मको सीमा क्षेत्रबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको नेतृत्वमा समिति बनाएको थियो ।समितिले स्थलगत निरीक्षणका साथै सरोकारबालासँग छलफल गरेर तयार पारेको प्रतिवेदन आइतबार गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको छ । समितिका एक सदस्य भन्छन्, ‘सीमामा समस्या छ, दुई देशको स्थायी संयन्त्रमार्फत समाधान खोज्न सिफारिस गरेका छौं ।’गृह मन्त्रालयका अनुसार प्रतिवेदनमा सो क्षेत्रको भौगोलिक, समाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, सीमाना लगायतको अवस्था समेटिएको छ ।‘समितिले सीमा लगायतका द्वीपक्षीय विषयहरु संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समितिमार्फत समाधान गर्न सुझाव प्रस्तुत गरेको छ,’ गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले भनेका छन् ।प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्रतिवेदनका सुझावहरु प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताएका छन् । अध्ययन समितिका एक सदस्यका अनुसार सरकारले केही दिनमै यो प्रतिवेदन गर्ने सम्भावना छ ।

Featured News

Advertisement