आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

एमाले केन्द्रीय समिति बैठक : ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने तयारी



आईतवार १० , आश्विन २०७८

१० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने छन् । त्यसपछि बैठकले प्रतिवेदन पारित गर्ने नेता योगेश भट्टराईले जानकारी दिए ।राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल शनिबार सकिएको थियो । प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, सांगठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिनेछन् ।केन्द्रीय समितिको बैठक आइतबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।

Featured News

Advertisement