आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

किसानलाई क्रेडिट कार्ड वितरण



शुक्रबार ८ , आश्विन २०७८

झापाको दमकस्थित हिमशिखर एग्रो एन्ड हर्व रिसर्च सेन्टरले किसानलाई क्रेडिट कार्ड वितरण गरेको छ । मेगा बैंकसँगको सहकार्यमा एग्रोले क्रेडिट कार्ड वितरण गरेको हो । किसानका समस्यालाई ध्यानमा राख्दै प्रारम्भमा पाँच किसानलाई क्रेडिट कार्ड वितरण गरेको एग्रोका अध्यक्ष धुव्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । एग्रोले किसानलाई डिजिटल कृषि प्रणालीमार्फत सहज तथा सहुलियत रुपमा कर्जा उपलब्ध गराउने उद्देश्यका साथ कार्ड वितरण गरेको उहाँले बताउनुभयो । एग्रोले आज आयोजित कार्यक्रममा किसानलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी समेत दिएको छ । कार्यक्रकममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाश घिमिरे, मेगा बैंकका पुण्यप्रसाद खनिया, बैंकका प्रदेश–१ का प्रमुख विवेकबन्धु न्यौपाने, दमक नगरपालिकाका कृषि शाखाप्रमुख चन्द्रकला भट्टराई, अर्जुनधारा नगरपालिकाका पशु विकास अधिकृत पदम राईलगायतको सहभागिता रहेको थियो ।

Featured News

Advertisement