आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

लमजुङमा ४९ घरेलु उद्योग खारेज



शुक्रबार ८ , आश्विन २०७८

 

घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ६७ वटा घरेलु उद्योग खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायतका घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख तोपलाल भुसालले बताउनुभयो । उहाँका अनुसार सो अवधिमा वाणिज्यतर्फ १०९ वटा उद्योगको दर्ता खारेज भएको छ । खारेज भएकामध्ये घरेलु उद्योगतर्फ आव २०७७÷२०७८ मा ३२, आव २०७६÷२०७७ मा ११ र आव २०७५÷२०७६ मा छ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ । त्यस्तै वाणिज्यतर्फ आव २०७७÷२०७८ मा ६१, आव २०७६÷२०७७ मा २५ र आव २०७५÷२०७६ मा २३ उद्योगको दर्ता खारेज भएको कार्यालय प्रमुख भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पटकपटक दर्ता गर्न व्यवसायीलाई आग्रह गर्ने गर्छांै तर अटेर गरेर दर्ता नै नगरेका, कतिपयले अनुदानका लागि मात्र दर्ता गरेकाले व्यवसाय नै छोडेकाको दर्ता खारेज गरेका हौँ ।”

Featured News

Advertisement