आईतवार १३, बैशाख २०८३ Sun,26 Apr 2026

सर्वाधिकार सुरक्षित

छातीमा हानेकाे गोली नोकिया फोनले गोली रोकेपछि ज्यान जाेगियो!



आईतवार ३ , आश्विन २०७८

सन् २०१६ मा अफगानिस्तानको एउटा रोचक समाचार निकै विश्व चर्चित भएको थियो। समाचार अनुसार एक व्यक्तिलाई गोली हानेर मार्ने प्रयास गरिएको थियो।

गोली सिधै छातीमै लागेको थियो। तर गोली लाग्ने व्यक्तिको सर्टको गोजीमा नोकियो फोन भएका कारण ती व्यक्तिको ज्यान जोगिएको बताइएको थियो।

त्यसबेला नोकियाको सानो किप्याड फोन र त्यसमा अड्किएको गोलीको फोटो निकै भाइरल बनेको थियो। यो समाचार सत्य थियो र झुठो थियो हालसम्म पनि स्पष्ट हुन सकेको छैन। यद्यपी मानिसहरुले यो समाचार पत्याएका थिए।

उनीहरुले नोकियाको फोन ज्यादै बलियो हुनेमा दुईमत राख्दैनन्।

तर सन् २०१४ मा नोकिया लुमिया ५२० मोडलको फोनले भने ब्राजिलका एक प्रहरीको ज्यान साँच्चै जोगाएको थियो। ग्याङस्टरसँग दोहोरो गोली हानाहान हुँदा नोकियाको फोनले बन्दुकको गोली उनको शरीरमा पस्नबाट जोगाएको थियो।

एनडीटीभी

Featured News

Advertisement