भारतीय नागरिकको मृत्यु
शनिबार
२ ,
आश्विन
२०७८
Tamor Khabar
301
चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक पुरुषको आज मृत्यु भएको छ । चितवनको इच्छाकामना–४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर ठेगाना नखुलेका अन्दाजी २५÷२६ वर्षको भारतीय नागारिक रोहित गिरिको मृत्यु भएको हो । हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा खसेर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।








