सोमबार १४, बैशाख २०८३ Mon,27 Apr 2026

सर्वाधिकार सुरक्षित

डमरु मृत अवस्थामा



बुधबार २३ , भाद्र २०७८

चितवन राष्ट्रिय निकुञ्जमा एक डमरु मृत अवस्थामा भेटिएको छ । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको बच्चा मृत अवस्थामा भेटिएको हो । कार्यालयका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार डममरु माउसँग छुट्टिएर भोकै भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ । मृत भेटिएको डमरुको पोष्टमार्टम गरी थप परीक्षणका लागि नमूना भेटेनरी शाखा पठाइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मृत भेटिएको यो पहिलो बाघ हो । निकुञ्जमा सन् २०१८ को गणना अनुसार ९३ वयस्क बाघ रहेका छन् ।

Featured News

Advertisement