कमेडी च्याम्पियनका भरतमणिलाई स्वागत
मंगलवार
२२ ,
भाद्र
२०७८
Tamor Khabar
373
कमेडी च्याम्पियन–२ को उत्कृष्ट ९फाइनलिष्ट०मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल ¥यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उहाँलाई बजार परिक्रमा गराएको थियो । कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले उहाँलाई फूलमाला, खादा र अबिर प्रदान गर्नुभएको थियो । पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गर्नुभएको थियो ।








