सोमबार १४, बैशाख २०८३ Mon,27 Apr 2026

सर्वाधिकार सुरक्षित

पाँचथरमा ट्याक्टरले किचिरे सहचालकको मृत्यु



सोमबार २१ , भाद्र २०७८

मिक्लाजुङ गाउँपालिका २ मा ट्याक्टरले किचेर सह चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  सोही स्थानका २९ बर्षीय अविशेक आङदम्वे छन ।  लसुने खोलाबाट ढुंगा लोड गरी आउदै गरेको प्रदेश नम्वर १०१ ००१ त ९०३४ ट्याक्टरबाट ओर्लदै गरेका अविशेकलाइ पछाडीको चक्काले किचेको थियो ।

गम्भिर घाईते भएका उनको उपचारको लागी आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको हो । ट्याक्टर र चालक सोही स्थानका २८ बर्षीय आईतहाङ आङदेम्वे ईलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेको छ । घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको  प्रहरीले बताएकाे छ  ।

Featured News

Advertisement