सोमबार १४, बैशाख २०८३ Mon,27 Apr 2026

सर्वाधिकार सुरक्षित

भियतनामका विद्यालयमा पढाइ सुरु



आईतवार २० , भाद्र २०७८

भियतनामका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको छ । देशका झण्डै दुई तिहाइ क्षेत्रका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार ती विद्यालयहरुमा आइतबारदेखि विद्यालयस्तरको नयाँ शैक्षिक सत्र सुरु गरिएको हो । कोरोनाभाइरसको महामारीका कारण भियतनामका विद्यालयहरुमा लामो समयदेखि पठनपाठन ठप्प भएको थियो । अहिले भने महामारी कम भएको ठहर गर्दै विद्यालयहरुमा पठनपाठन सुरु गर्ने निर्णय लिइएको अधिकारीहरुले जनाएका छन् । अहिले पठनपाठन सुरु नगरेका विद्यालयहरुले पनि आइतबारदेखि पठनपाठन सुरु भएका विद्यालयहरुको अवस्था हेरेर र आफ्नो क्षेत्रमा महामारीको अवस्था हेरेर पठनपाठन सुरु गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय गर्ने जनाइएको छ । भियतनाममा कोरोनाभाइरसबाट अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १२ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।

Featured News

Advertisement