संरक्षणको पर्खाइमा गुफापोखरी
बिहीबार
५ ,
चैत्र
२०७७
Tamor Khabar
744
संखुवासभास्थित धार्मिक पर्यटकियस्थल गुफापोखरी र गुफा बजार । २९ सय मिटर उचाइमा रहेको यो पोखरी संरक्षण अभावमा पोखरीको पानी दिनानुदिन घट्दै गएको छ । पोखरी नजिक सडकहरु निर्माण हुनु र वरिपरिका जंगलहरु मासिंदै गएपछि पानीको सतह घट्दै गएको हो । सरकार र सरोकारवालाहरुले पोखरी संरक्षण र सम्बद्र्धनमा ध्यान दिन छाडेको स्थानीयहरुको गुनासो रहेको छ । ताप्लेजुङ तेह्रथुम धनकुटा संखुवासभा सुनसरी भोजपुरका पर्यटकहरुका लागि आकर्षक गन्तव्यका रुपमा रहेको गुफा पोखरी संरक्षण नहुँदा अस्तित्व नै खतरामा पर्न सक्ने देखिन्छ । तस्वीर ः सुजन बज्राचार्य, रासस








