सोमबार १४, बैशाख २०८३ Mon,27 Apr 2026

सर्वाधिकार सुरक्षित

यार्सागुम्बासहित चार पक्राउ



शुक्रबार १८ , भाद्र २०७८

 

महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै रु ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ । अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौँको सामाखुशीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौँको मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने ५० वर्षका बेलबहादुर थापा, सोही जिल्ला घर भई बानियाटार बस्ने ४० वर्षका कृष्ण परियार र प्यूठान घर भई तारकेश्वर बस्ने ४७ वर्षका दानबहादुर जिसी रहेका छन् । गुरुङको कोठा खानतलासी गर्दा बिक्री वितरण गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको अवस्थामा यार्सागुम्बा फेला परेको थियो । पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको महाशाखाले एक सूचना जारी गरी जनाएको छ । उनीहरुको साथबाट एक किलो ८५० ग्राम यार्सागुम्बा समेत बरामद गरिएको छ ।

Featured News

Advertisement