चट्याङ लागेर मृत्यु
शुक्रबार
१८ ,
भाद्र
२०७८
Tamor Khabar
389
तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर आज एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर बाहिर काम गर्दै गर्दा चट्याङ लागेर घाइते भएका विकको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।








