संसदीय दलको कार्यालय स्थापना
बिहीबार
१७ ,
भाद्र
२०७८
Tamor Khabar
326
नेकपा (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ । सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हाल्नुभएको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो । आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उहाँहरु संसदीय दलको नेतामा चयन गरेको थियो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको थियो ।








