सोमबार १४, बैशाख २०८३ Mon,27 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रदेश नं १ मा ३८३ जनामा कोरोना सङ्क्रमण



बिहीबार १७ , भाद्र २०७८

 

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९ मध्ये विराटनगरमा ४५, झापामा ७७, सुनसरीमा ६६, इलाममा पाँच, धनकुटामा तीन, उदयपुरमा दुई र प्रदेश बाहिरका आठ जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ४४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २३१ महिला र २१६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Featured News

Advertisement