मंगलवार १५, बैशाख २०८३ Tue,28 Apr 2026

सर्वाधिकार सुरक्षित

करेन्ट लागेर दुईको मृत्यु



सोमबार १४ , भाद्र २०७८

गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् । घाइतेको उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ ।

Featured News

Advertisement