मंगलवार १५, बैशाख २०८३ Tue,28 Apr 2026

सर्वाधिकार सुरक्षित

बाढीपीडित परिवारलाई स्वास्थ्य सामग्री वितरण



शनिबार १२ , भाद्र २०७८

दोदा नदीको बाढीले घर डुबानमा परेपछि सुरक्षित स्थानमा राखिएका पुर्नवास नगरपालिका–५ सिमरीका ६० परिवारलाई आज स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुर र नगरपालिकाले संयुक्तरूपमा बाढीपीडित परिवारलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । भीमसेन सत्सङ्ग भवनमा राखिएका बाढीपीडित परिवारलाई मास्क, स्यानिटाइजर, साबुन, जीवनजल, सिटामोललगायतका सामग्री वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर धामीले बताउनुभयो । पानीको मुहान दूषित भई टाइफाइड, पखाला, रुघाखोकी, भाइरल ज्वरोलगायतका सङ्क्रामक रोग लाग्नबाट बाढीपीडित परिवारलाई जोगाउनका लागि स्वास्थ्य सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । “पानी शुद्धीकरण गरेर मात्रै पिउनका लागि प्रयोगमा ल्याउन भनेका छौँ”, उहाँले भन्नुभयो, “बाढीले सिर्जित गरेको समस्याका कारण बिरामी कोही पनि नपरोस् भन्ने मनसायका साथ कार्य अगाडि बढाएका छौँ ।” शुक्रबार बिहान ३ बजे दोदा नदीको बाढी बस्तीमा छिरेपछि घर डुबानमा परेका झण्डै ७० बढी परिवारलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसका स्वयंसेवकले उद्धार गरी सुरक्षित स्थानमा सारेका थिए । बाढीको पानी घट्दै गएपछि डुबान क्षेत्रमा समेत पानी सुक्दै गएको छ । स्थानीय बासिन्दाका डुबानमा परेका परिवारका घरभित्र लेदो माटो ल्याएर थुपारिदिँदा बस्न सक्ने अवस्था छैन । घरभित्र रहेको लेदो माटो हटाउने काममा स्थानीय बासिन्दा जुटेका छन् । स्थानीय बासिन्दका अनुसार डेढ दशकअघिसमेत यसैगरी बस्तीमा नदीको बाढी छिरेको थियो ।

Featured News

Advertisement