बिरुवा रोपण
शनिबार
१२ ,
भाद्र
२०७८
Tamor Khabar
267
ताप्लेजुङ जिल्लामा नेपाली सेनाले सञ्चालन गरेको ‘हरित अभियान’ अन्तर्गत दुई हजारभन्दा बढी बिरुवा रोपिएको छ । भीमकाली गुल्मले उक्त अभियानमा यही बुधबार, बिहीबार र शुक्रबार हर्रो,बर्रो, चिउरी, तेजपत्ता, लप्सी, इपिल, जापानी सल्ला, टाँकी, उत्तिस, चिलाउने र अन्य सल्ला प्रजातिका दुई हजार ४० बिरुवा रोपेको होे । बिरुवा फुङ्लिङ नगरपालिकाको सुकेटार तथा कोप्चे क्षेत्र र तोक्मेडाँडा गुल्म परिसरमा रोपिएको सह–सेनानी कौशल कार्कीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजङ्घा हेडक्वाटरका गुल्मपति रोशन बुढाथोकी, नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश यादव, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बद्रीप्रसाद शाहलगायतको अभियानमा सहभागिता थियो ।








