मंगलवार १५, बैशाख २०८३ Tue,28 Apr 2026

सर्वाधिकार सुरक्षित

पहिराले घर लगेपछि खुला चौरको बास



शुक्रबार ११ , भाद्र २०७८

 

गत साउन १६ गते नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिराले बगायो । उहाँको छ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ । त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराले पुरिदियो भने अर्काे घर जोखिममा परेको छ । पाँच जनाको परिवार त्रिपाल टाँगेर खुलाचौरमा बसेको डाँगीले बताउनुभयो । अहिलेसम्म कतैबाट राहत नपाएको उहाँले गुनासो गर्नुभयो । पहिराका कारण बाँसकोटीका गोरख कामी, गोरख विक, प्रताप घर्ती, टकबहादुर पुन, ज्ञानबहादुर कामी, पानबहादुर थापालगायत एक दर्जन घर जोखिममा परेका छन् । गाउँ माथिबाट खसेको पहिराले घरमा क्षति मात्र गरेन, पाखो तथा खेतमा लगाएको धान, मकै र फलफूलका बिरुवासमेत नष्ट गरेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी सडक खन्नुले पहिराको जोखिम बढेको स्थानीयवासी भुवन केसीको भनाइ छ । कैना बाँसकोटी, कट्के, किटेनी, कालिमाटी घुवारा, औल सीमा कोठीगाउँ जोड्ने सडक जथाभावी खन्ने काम गर्दा पहिराको जोखिम बढेको छ । विकासले उल्टै विनाश निम्त्याएको छ । नगरपालिकाले जथाभावी सडक निर्माण गर्दा पहिराको जोखिम बढेको छ । जिल्लामा स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा सबैतिर बाढी पहिराको जोखिम बढेको छ । जिल्लाका खलङ्गा पाँचकाटिया, कालिमाटी बारेकोट, छेडा थलह, थलह सानाखोला जुनीचाँदे, थलह बाटुल्ले टापुचौर, पाँचकाटिया पैक, पाँचकाटिया कुशे भार्मा, कालिमाटी कैना, कालिमाटी खन्टाकुरा सिर्केलगायत दर्जन बढी ग्रामीण सडकमा असार पहिलो सातादेखि यातायात सेवा अवरुद्ध छ । नलगाडबाट हतियारसहित तीन पक्राउ नलगाड नगरपालिकाबाट एक साताभित्र हतियारसहित तीन व्यक्ति पक्राउ परेका छन् । गए राति नलगाड–१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको तेतृत्वमा खटिएको प्रहरीले विकलाई पक्राउ गरेको प्रनाउ थापाले जानकारी दिनुभयो । पन्ध्र थान गोलीसमेत फेला पारेको प्रहरीको भनाइ छ । चार दिनअघि मात्र नलगाड–८ मैदे र कुसेनीबाट दुई जनालाई पनि हतियारसहित पक्राउ गरिएको थियो ।

Featured News

Advertisement