मंगलवार १५, बैशाख २०८३ Tue,28 Apr 2026

सर्वाधिकार सुरक्षित

कोभिड–१९ को नक्कली रिर्पोट बनाउने कर्मचारीमाथि छानबिन



बिहीबार १० , भाद्र २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो । केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा शङ्कर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड–१९ को नक्कली रिर्पोट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताउनुभयो । यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिना परीक्षण रिर्पोट निकाल्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । “केन्द्रको ल्याब कक्षमा बसेर नक्कली रिर्पोट बनाउनका लागि बार्गेनिङ गर्ने गरेको पनि पाइयो”, उहाँले भन्नुभयो, “स्वाबको परीक्षण नगरिकन यादवले रिर्पोट बनाउने गरेको देखियो ।” उपसचिव बस्नेतका अनुसार विदेश जानेको सङ्क्रमण देखिए यादवले रकम लिएर रिर्पोटलाई नेगेटिभ पनि बनाउनेसमेत गरेको पाइएको छ । यादवलाई यसअघि पनि पटक–पटक स्पष्टीकरण सोधिएको उहाँले जानकारी दिनुभयो । यादवलाई सेवा सर्त नियमावली अनुसार भविष्यमा केन्द्रको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ ।

Featured News

Advertisement