मंगलवार १५, बैशाख २०८३ Tue,28 Apr 2026

सर्वाधिकार सुरक्षित

बाघको आक्रमणबाट एक जना घाइते



मंगलवार ८ , भाद्र २०७८

धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते हुनुभएको हो । आज दिउँसो धान गोड्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको हो । आक्रमणमा परी घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेकोे छ ।

Featured News

Advertisement