वैवाहिक स्वर्णजयन्तीमा पोखरा वृद्धाश्रममा अक्षयकोष स्थापना
समाजका विपन्न एवं असहाय ज्येष्ठ नागरिकको स्याहारसुसार तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यका साथ यहाँको एक जोडीले आप्mनो वैवाहिक स्वर्ण जयन्तीको अवसर पारेर पोखरा वृद्धाश्रममा अक्षयकोष स्थापना गर्नुभएको छ । पोखरा महानगरपालिका–९ निवासी दीपक बाटाजु र श्रृजना बाटाजुले वैवाहिक स्वर्णजयन्तीको उपलक्ष्यमा स्वर्गीय बुबाआमा गोकुललाल र मानकुमारी बाटाजुको स्मृतिमा रु छ लाख ५१ हजार पाँचको अक्षयकोष स्थापना गर्नुभएको हो । पोखरा वृद्धाश्रममा आज आयोजित एक कार्यक्रममा बाटाजु परिवारले उक्त रकम बराबरको चेक आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई हस्तान्तरण ग¥यो । कार्यक्रममा अक्षयकोषदाता बाटाजुले कोरोना कहरका कारण नेवार समुदायले परम्परागतरूपमा पोखरा बजारमा निकाल्दै आएको गाईजात्रा नाच यस वर्ष ननिकाले पनि आफुले सोही अवसर पारेर स्वर्गीय आमाबुबाको नाममा अक्षयकोष स्थापना गरेको जानकारी दिनुभयो । वृद्धाश्रमद्वारा सञ्चालन गर्ने लक्ष्यका साथ स्थापित सो कोषको ब्याजबाट आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले शुभकार्यमा अन्य फजुल खर्च गर्नुभन्दा आश्रममा सहयोग गर्दा आपूmलाई आत्मसन्तुष्टि मिलेको धारणा राख्नुभयो । वृद्धाश्रमका अध्यक्ष पराजुलीले दाताको सहयोगबाट सञ्चालित आश्रममा वृद्धवृद्धा एवं सेवकसेविकासहित ५५ जना आश्रित छन् । उहाँले विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसका कारण आश्रम सञ्चालनसँगै आमाबुबालाई जोगाउन स्वास्थ्य मापदण्ड अपनाइएको बताउनुभयो । वृद्धाश्रम सञ्चालनका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट रु १२ लाख र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु २० लाख आर्थिक सहयोग प्राप्त भएको उहाँको भनाइ थियो । उहाँले आश्रममा आश्रित छ ज्येष्ठ नागरिकले अहिलेसम्म पनि नागरिकता नपाउँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहेको बताउनुभयो । अक्षयकोषदाता परिवारका सदस्य राजीव बाटाजुले आमाबुबाले ५० औँ वैवाहिक वार्षिकोत्सवका अवसरमा आश्रममा अक्षयकोष स्थापना गर्नुभएकामा खुशी व्यक्त गर्दै आवश्यकताअनुसार आगामी दिनमा आप्mनो तर्पmबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








