मंगलवार १५, बैशाख २०८३ Tue,28 Apr 2026

सर्वाधिकार सुरक्षित

उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग



आईतवार ६ , भाद्र २०७८

किसान सङ्गठनहरूले समस्या नआउने गरी आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन् । ती सङ्गठनले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका हुन् । अखिल नेपाल किसान महासङ्घका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष चित्रबहादुर श्रेष्ठलगायत विभिन्न छवटा किसान सङ्गठनले आफँैले लगाएको बालीको भुक्तानीका लागि आन्दोलन नै गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराएका हुन् । आफैँले उत्पादन गरेको वस्तुको मूल्य आफैँले निर्धारण गर्न नपाउनु, पाए पनि असाध्यै कम पाउनु तथा वर्षौंसम्म मिहिनेतको फल माग्न आन्दोलन नै गर्नुपर्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने उनीहरूको माग छ । चिनी मिल तथा अन्य व्यापारीलाई बिक्री गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखद् कुरा भएको उल्लेख गर्दै उनीहरूले उखु उत्पादक किसानका लागि यस्तो अवस्था आउनु पीडादायक विषय भएको ठहर गरेका छन् ।

Featured News

Advertisement