भरुवा बन्दुक सहित तीन जना पक्राउ
सोमबार
२६ ,
माघ
२०७७
Tamor Khabar
804
तमोर संवाददाता(काठमाडौं)
सिन्धुली, कमलामाई नगरपालिका–९ भिमानबाट १ थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुद सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हरिहरपुरगढि गाउँपालिका–३ बस्ने ५१ वर्षीय सार्कीमान लोप्चन, ३७ वर्षीय छेवाङ लोप्चन र ४० वर्षीय पासाङ लोप्चन छन् । काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.५ च २९८४ नम्बरको कारलाई प्रहरीले जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी चालक छेवाङ र कारमा सवार सार्कीमान र पासाङलाई प्रहरीले पक्राउ गरेको हो ।








