बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

एमाले अध्यक्ष ओलीद्वारा ‘जिसस दर्पण’ विमोचन



बिहीबार ३ , भाद्र २०७८

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला समन्वय समिति भक्तपुरले प्रकाशन गरेको पुस्तक ‘जिसस दर्पण’ विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन गर्नुभएको छ । आज जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको उद्घाटन कार्यक्रममा उहाँले आफू प्रधानमन्त्री हुँदा शुरु गरेको डिजिटल नेपालको नाराले सार्थकता पाएको बताउनुभयो । दुई वर्ष अगाडि आफूले सिङ्गापुरबाट जुम बैठक गर्दा आलोचना गर्ने नै अहिले जुम बैठकमै देखिएको बताउँदै उहाँले अहिले डिजिटल प्रविधिबाटै शिक्षा, स्वास्थ्यदेखि विकासका आयोजना उद्घाटनसम्म हुने गरेको चर्चा गर्नुभयो । विज्ञान र प्रविधिको प्रयोग गर्दै देशलाई विकासको अग्रगतिमा लैजानुपर्नेमा भन्दै उहाँले अब सबै कार्यालयलाई डिजिटाइजेसन गर्दै पेपरलेस बनाउनुपर्नेमा जोड दिनुभयो ।

Featured News

Advertisement