बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

घुस लिएको अभियोगमा मुद्दा



बुधबार २ , भाद्र २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ ओखलढुङ्गामा कार्यरत सवइञ्जिनीयर राजन पासवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पासवानलाई केही दिन पहिले रु ३० हजार घुससहित पक्राउ गरिएको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सवइञ्जिनीयर पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनःनिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको र छानबिन पछि आज मुद्दा दायर गरिएको हो । पासवान सिद्धिचरण नगरपालिका–१ को कार्यालयमा खटिएका थिए । उनले सेवाग्राहीको तेस्रो किस्ताको सिफारिस रोकिदिने भन्दै घुस मागेको अभियोग लागेको छ ।

Featured News

Advertisement