बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रहरीद्वारा विद्यार्थीलाई सचेतना



सोमबार ३२ , श्रावण २०७८

लागुऔषध दुव्र्यसनी, साइबर, बालबालिका विरुद्धका अपराधको न्यूनीकरण गर्ने ध्येयले जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत जिल्लाका सात विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययतरत ८५० छात्रछात्रालाई भर्चुअल माध्ययमबाट सचेतना कार्यक्रम सम्पन्न गरेको हो । विगतमा भएका घटनाको विश्लेषणका आधारमा ती अपराधमा अधिकांश पीडक एवं पीडित युवा रहेको हुँदा उनीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिनुभयो । पोखरा महानगरपालिका– ३ नदीपुरस्थित न्युग्यालेक्सी एकेडेमी कक्षा १२ मा अध्ययनरत १०० विद्यार्थीका लागि जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा र प्रवक्ता केसीले उक्त विषयमा प्रशिक्षण दिनुभएको थियो

Featured News

Advertisement